मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

सोमबार उम्मेदवारी मनोनय गर्नुपर्ने भएपछि माओवादीले राष्ट्रियसभामा पठाउने सबै ६ जनाको नाम टुंगो लगाएको हो।

माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको हो।

आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभाका १९ वटै सिटको भागबन्डा गरेको थियो। जसअनुसार माओवादी भागमा ६ सिट परेको छ। आगामी फागुनदेखि माओवादीका ३ सदस्यको पद रिक्त हुँदै थियो।

उता नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि १० सिट लिने समझदारी भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP