शुक्रबार , बैसाख १२, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उपकुलपति छनोटका लागि  शुक्रबार आह्वान गरेको दरखास्त रद्द गरेको छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आइतवार सूचना जारी गर्दै पुस २० गते सार्वजनिक गरेको सूचना रद्द गरेको हो ।

पहिलोपटक खुला प्रतिष्पर्धा मार्फत् उपकुलपति नियुक्त गर्न लागेको त्रिविले सार्वजनिक गरेको सूचनाको व्यहोराको आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले सूचना रद्द गर्न निर्देशन दिएका थिए।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेको प्रधामन्त्री प्रचण्डले विभिन्न स्थानमा मन्तव्य दिँदा अब त्रिविको उपकुलपति प्रतिस्पर्धाको आधारमा नियुक्त्त गर्ने घोषणा गरेका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभरी रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको थियो।

तर, शुक्रबार जारी गरिएको सूचनामा उम्मेदवारले दिने दरखास्तमा पेस गर्नुपर्ने कागजातको (ङ)  बुँदाप्रति धेरैले आपत्ति जनाएका थिए। जसले खुला खुला प्रतिस्पर्धालाई घुमाउरो ढंगले निषेध गरेको थियो।

जसमा भनिएको थियो, ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको, (वर्ष, महिना र दिनसमेत)  व्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि।)’

प्रधानमन्त्रीले गरेको घोषणाअनुसार सूचना नआएपछि त्रिविको आलोचना भएको थियो। त्यसपछि प्रधानमन्त्रीले सच्याउन निर्देशन दिएका थिए ।

tu suchaa.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 50 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP