शुक्रबार , बैसाख १२, २०८२

काठमाडौं । साउदी अरबमा पछिल्ला दिनमा नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो बढ्न थालेको छ । आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने कार्यले नेपाली श्रमिकसमेत मारमा परेका छन् । यी कार्य दैनिकजसो बढ्दै गएपछि रियादस्थित नेपाली दूतावासले आफ्नो मुलुकका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने व्यक्तिले ‘तपाईंको बासस्थानमा जनगणनाको सिलसिलामा गएकोमा भेट हुन नसकेको कारणले बासस्थानको बाहिर अरेबिकमा सूचना राखिएको छ, तपाईंले त्यसको जवाफ नपठाएकाले साउदीको कानुनअनुसार फोनबाटै आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्नुहोला’ भन्दै कुरा सुरु गर्ने गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै त्यस्ता व्यक्तिले अकामा नम्बर माग्ने, एसएसएसबाट साउदीको आन्तरिक मन्त्रालयबाट आएजस्तो बनाई फोनमा ओटीपी पठाउने, सो ओटीपी माग्ने, सबै विवरण भर्नुपर्ने भनी आब्सर तथा बैंक खाता नम्बर वा बैंक कार्ड नम्बर पनि मागेर ठगी गर्ने गरेको भन्दै सचेत रहन त्यहाँ कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।

त्यस्तै, ओटीपीसमेत मागी विवरण अद्यावधिक गर्ने नाममा बैंकमा भएको रकम लैजाने र आब्सर हात पारी अनेकखालका अवैध कारोबार गर्ने र सम्बन्धित व्यक्तिलाई फसाइदिने खालका संगठित अपराध र ठगीका घटना बढेको दूतावासले जनाएको छ ।

यस सम्बन्धमा साउदीको आन्तरिक मन्त्रालयले समेत कारबाही गरिरहेको जनाउँदै दूतावासले बेलाबेलामा एसएसएसमार्फत् सूचना जारी गरी सचेत गराइरहेको जनाएको छ । दूतावासले कुनै अनधिकृत व्यक्तिले फोनबाट वा अरू कुनै माध्यमबाट अकामा, आब्सर वा बैंक खाता–कार्ड नम्बर ओटीपी मागेमा कुनै पनि हालतमा नदिई ठगीबाट बच्न अनुरोध गरेको छ । यस्ता घटना भएमा साउदी प्रहरीकामा गएर उजुरी गर्न पनि दूतावासले अनुरोध गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 50 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP