मंगलबार , भाद्र १६, २०८३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको माघ ११ गते हुने निर्वाचनमा २० मध्ये ६ सिट मागेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका हुन् ।

‘एमालेले राष्ट्रियसभाका ६ सिट मागेको छ ।’ प्रचण्डको भनाई उधृत् गर्दै एक नेताले भने, शान्ति प्रक्रिया टुंग्याउन एमालेलाई पनि सहमतिमै लिएर जाउँ भन्ने मेरो प्रयास हो, के गर्न सकिन्छ  ? ’

गठबन्धनले भने टीआरसीको विषय टुंगो लगाउनु पर्ने शर्त राखेको छ । आज कानून समितिको बैठकमा टीआरसी विधेयक टुंग्याउने सहमति बने एमालेलाई सीट दिन सकिने गठबन्धनको शर्त छ ।

एमालेले पहिला पनि संसदीय समितिमा आफुले भाग पाए टीआरसी विधेयक अघि बढाउने बताएर २ वटा समिति दिएपनि पछि बहानावाजी गरेको भन्दै शंका व्यक्त गरिएको छ ।  माधवकुमार नेपालले भने एमालेलाई सिट दिन अस्वीकार गरेका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP