काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । बैठक केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको हो ।
एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने १ जनासमेत गरी २० सिट आउँदो फागुन २० देखि खाली हुँदै छन्। यही सिटमा भागबण्डा गर्न सत्ता गठबन्धनका दल केही दिनदेखि निरन्तर छलफलमा छन्।
यसमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि मिलाउने उनीहरुको तयारी छ । एमाले अध्यक्ष केपी ओलीले मिलेर जाने प्रस्ताव गरेका छन् । सत्तागठबन्धनका दलहरुले एमालेसँग थप प्रष्ट प्रस्ताव मागेका छन् ।