सोमबार , असार २, २०८२

काठमाडौं । न्याय सेवा आयोगले न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ ।
आज बसेको आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो ।सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद खाली थियो ।

न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ ।न्याय सेवा आयोगले न्याय सेवाका ५ जना सहसचिवहरुको सरुवा पनि गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्यायपरिषदमा सरुवा भएका छन् ।न्याय परिषदका सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा सरुवा भएका छन् ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशक बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP