शनिबार , बैसाख १३, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध दलहरु आन्दोलनमा उत्रिएका छन् । मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएको विरोधमा धरानका विभिन्न पाँच दलका भातृ संगठनहरू आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर कार्यकक्षमा राख्ने प्रयास गरेका छन । तर दलका कार्यकर्ताहरू फोटो लिएर पुग्नु अघि नै धरान उपमहानगरको मूलगेटमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । जसले तनाव समेत उत्पन्न भयो । आन्दोलित राजनीतिक दल र मेयर साम्पाङबीच कार्यालयमा कसको तस्वीर राख्ने भन्ने विषयमा सहमति खोज्न वार्तासमेत भएको छ । तर, वार्ता निष्कर्षमा पुग्न सकेन ।

दलहरु भने तीन दिनभित्र कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्न अल्टिमेटम दिएर फर्किएका छन् ।मेयर साम्पाङले केही दिनअघि आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर हटाएर किराती राजा यलम्बरको राखेका थिए।दलहरुले अहिले फेरि यलम्बरको तस्वीर हटाएर राष्ट्रपति र प्रधानमन्त्रीकै राख्न खोजेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP