आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो एक बजे हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता पनि सहभागी हुँदैछन् ।

कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निम्तो गरिएको छ ।

कार्यक्रममा ससदको चौथो दल रास्वपा र राप्रपालाई बोलाइएको छैन् ।  लोकतन्त्रका लागि योगदान नगरेको भन्दै कांग्रेसले यी २ दललाई बोलाएको छैन् । कार्यक्रममा संविधान लेखनमा संलग्न राजनीतिक दलका शीर्ष नेताहरुलाई मात्र बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

२०१७ साल पुस १ गतेको शाही कुपछि जेलमा परे कांग्रेस संस्थापक नेता बीपी कोइराला २०२५ कात्तिक १४ गते जुलमुक्त भएलगत्तै भारत निर्वासित भएका थिए ।

भारतमा आठ वर्ष बिताएपछि राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने भन्दै बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए । सोही दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP