मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसले आफै सम्मिलित वर्तमान सरकारबाट अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ । शनिबार सकिएको पार्टीको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले अपेक्षित परिणाम दिन नसकेको बताए ।

नौ जना मन्त्रीसहित आफै सरकारमा भएपनि कांग्रेसले यसको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताए । नेता विश्वकर्माले सरकार सफल हुँदा वा नहुँदाको जस अपजस प्रधानमन्त्रीको हुने बताए । यदि कुनै मन्त्रीका कारण समस्या परिणाम दिन नसकेको भए प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छलफल गर्न सक्ने विश्वकर्माले बताए । ‘कांग्रेसका मन्त्रीका बारेमा त्यस्तो प्रस्ताव पनि आएको छैन । प्रस्ताव नै नआएपछि छलफल पनि गर्नुपरेन’, उनले भने ।

अनेक प्रयासका बावजुद सरकारले जनतामा विश्वास जगाउन नसकेको बताए। ‘लोकतन्त्रको अर्को परिभाषा पारदर्शिता र सुशासन हो। सरकारको सकारात्मक प्रयासका बावजुद पनि यस विषयमा आमजनता विश्वस्त हुन सकेको पाइँदैन’, कांग्रेसले भनेको छ, ‘सरकारबाट प्रदान गरिने सेवा जति शुलभ ढंगले जनताले प्राप्त गर्न सक्छन्, त्यति नै सुशासनको अनुभूति बढ्दै जान्छ। जति फराकिलो मात्रामा सुशासनको सन्देश फैलिन्छ, त्यति नै लोकतान्त्रिक प्रणालीको दिगो विकास हुने भएकोले शान्ति, सुव्यवस्थाको प्रत्याभूतिसँगै सुशासनका लागि प्रभावकारी नीति अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गर्ने।’

विगतको तुलनामा यस आर्थिक वर्षमा वस्तुको आयात कम भएकाले वैदेशिक व्यापार घाटामा न्यूनीकरण भए पनि निर्यातमा उल्लेख्य मात्रामा वृद्धि हुन नसकेकाले व्यापारिक क्षेत्र सन्तोषनक नभएको उनले बताए ।‘विगतमा संकटग्रस्त देखिएको मुलुकको आर्थिक क्षेत्रमा विस्तारै सुधारका संकेतहरू देखिन थालेको, बैंकिङ प्रणालीमा तरलताको मात्रा बढे संगै कर्जाको व्याजदर क्रमशः घट्दै गएको, कर्जा प्रवाहमा वृद्धिसँगै घरजग्गाको कारोबारमा पनि वृद्धि भएकोले आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरू देखिन थालेको छ’, कांग्रेस बैठकको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP