मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । गत शुक्रबार दुईजना युवकको ज्यान जाने गरी ललितपुरको बालुकमारीमा भएको घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ।

प्रधानमन्‍त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर त्यस सम्बन्धी प्रस्ताव ल्याउन निद निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उक्त घटनाबारे जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृहमन्‍त्री श्रेष्ठलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको उक्त निर्देशनपछि सोमबार उक्त उच्चस्तरीय आयोग बन्ने भएको छ। सोमबार बस्ने मन्‍त्रिपरिषद्‍को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उक्त आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सत्ता साझेदार नेपाली कांग्रेसले समेत न्यायिक समितिको माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP