मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय समितिले सत्तामा रहका दलहरुबीच गठबन्धन गरेर जाने निर्णय गरेको  पार्टी केन्द्रीय कार्यालय  सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।  विश्वकर्माले  यो निर्णयसँगै अब गठबन्धन दलसँग उम्मेदवारीबारे छलफल हुने बताए।

‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन कायमै राखेर जाने निर्णय गरिएको छ’, उनले भने, ‘उम्मेदवारीबारे गठबन्धन दलमा छलफल गर्छौँ। सत्ता गठबन्धनका दलहरूबीच सहमति जुटाएर साझा उम्मेदवार उठाउँछौँ।’

यो बैठकले अवसर नपाएकाहरूलाई राष्ट्रिय सभामा मौका दिने भएक छ। ‘अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म योगदान दिएर छुटेका नेताहरू र समुदाय तथा भूगोल मिलाएर उम्मेदवार उठाउँछौँ’, उनले पत्रकारहरूसँग भने।

विश्वकर्माले संसदीय क्षेत्रमा योगदान दिन सक्ने नेतालाई रोजिने पनि बताए। ‘संसदीय क्षेत्रमा योगदान दिन सक्ने, पार्टीप्रति वफादार स्वच्छ छविका, अवसरबाट बञ्चित र योग्यहरूलाई अवसर दिन्छौँ,’ विश्वकर्माले  भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP