मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । राज्यका तर्फबाट कमजोरी हुँदा ललितपुरको बालकुमारीमा २ जन युवकको ज्यान गएको निष्कर्ष निकाल्दै सरकारले यो विषयसँग जोडिएका पाँच जना माथि कारवाही गरेको छ । सरकारले तीन जनालाई निलम्बन गरेको छ भने २ जनाको जिम्मेवारी खोसेको छ ।

सरकारले  ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी, ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गरेको छ ।

सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र जिम्मेवारीबाट हटाएको छ ।  पण्डितलाई गृहमन्त्रालय र शाहलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबारकाठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बिहीबारको घटनामा काहीँ न काहीँ राज्यका तर्फबाट कमजोरी भएको स्वीकार गर्दै यस्तो कदम चालिहएको बताए । उनले अदालतले समेत कमजोरी गरेको टिप्पणी गरे ।
पानी जहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षाा दिएर फेल भएका नेपाली युवाले उत्पादनमूलक कामका लागि भएको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यालय ग्वार्को अगाडि धर्ना र प्रदर्शन गरेका थिए ।

त्यस क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको को थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP