मंगलबार , बैसाख २९, २०८३

बुटवल । रुपन्देहीको दक्षिणी सिमाना मर्चवारी गाउँपालिकामा आठ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार बालिकाको हत्या गरेको आरोपमा मर्चवारी गाउँपालिका वडा नं १ महाराजगञ्ज बस्ने ३२ वर्षीय अकबर अली पक्राउ परेका छन्। शुक्रबार साँझदेखि हराएकी बालिका शनिबार मृत अवस्थामा भेटिएकी थिईन् । पक्राउ परेका अलीले बालिकालाई साइकलमा लिएर खोलामा लगेर हत्या गरेको बताएपछि उनैको सहयोगमा घटनास्थल र शव फेला पारिएको प्रहरीले जनाएको छ ।

अपहरण र मृत्युुको अन्य कारण नदेखिएकाले बलात्कारको आशंका गरिएको छ ।शुक्रवार साँझ घरबाहिर खेलिरहेकी बालिका साँझ अवेरसम्म घर नफर्किएपछि परिवारले राती १० बजेतिर प्रहरीलाई खबर गरेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मर्चवारको टोलीले खोजी गर्दै जाँदा वडा नं १ स्थित खोल्साको पानीमा घोप्टो परेको अवस्थामा बालिकाको शव फेला परेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बालिका हराएको खबर पाएपछि खोजी गर्ने क्रममा एकजनाले साइकलमा राखेर लैजाँदै गरेको सूचना पाएपछि सोधपुछ गर्दै जाँदा अलीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले अलीलाई शुक्रवार राती नै पक्राउ गरेको जनाएको छ।बालिकाको शवलाई विहान पौने ४ बजेतिर घटनास्थलमा फेला पारिएको र पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको र पक्राउ परेका अलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP