
काठमाडौं । नेपाल सरकारले शुक्रवार बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले राहत अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको परिवारलाई राहत दिने निर्णय गरेको हो । शाह र रावतको शुक्रवार मृत्यु भएको थियो ।
शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् ।
उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको बताइन् । यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गर्नेछ ।
मन्त्री शर्माका अनुसार भविष्यमा यस्ता घटना हुन नदिन सुरक्षा संयन्त्रलाई सजग बनाउने निर्णय पनि भएको छ । यसका लागि सरकार छानबिन समितिको सुझावअनुसार अघि बढ्नेछ ।