
शुक्रबारको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा आन्दोलन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। हिजो शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।