मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह कोरिया जान भाषा पढिरहेका थिए। कोरिया गएर रोजगारी गर्ने र परिवारमा खुशी दिने उनको सपना थियो। त्यसैले गाउँमा कक्षा १२ उत्तिर्ण गरेर काठमाडौँ आएका उनी दुई वर्षयता  यतै थिए । चाडबाडमा मात्रै घर आउने जाने गर्थे ।  काठमाडौंमा बस्न पनि उनलाई सहज थिएन, किनकी
काठमाडौँमा बस्न  घरपरिवारले खर्च जोहो गर्न सक्ने अवस्था थिएन। छोराको सपना साकार पार्न ५२ वर्षीय बाबु टेकबहादुर भारत हानिए। त्यसअघि घरमै खेती किसानी गर्ने टेकबहादुरले बेङ्लोरमा चौकीदारी गरेर उनले छोराको पढाइ र काठमाडौँ बसाइको खर्च जेनतेन धानिरहेका थिए। बीचमै उनी बिरामी परे। बिरामीले थलिएपछि  टेकबहादुर घर फर्किए।
‘दसैंमा घरबाट काठमाडौं फर्किने बेला बीरेन्द्रले बुबाआमालाई ‘केही चिन्ता नगर्नु, म विदेश जाने बेला बिदाइ गर्न आउनुपर्छ’ भन्दै हिंडेका थिए । तर एकाएक सबै भताभुंग भयो ।

छोरा वीरेन्द्र कोरिया जान पाएनन्। प्रहरीको गोली लागेर काठमाडौँमा ढले। ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा गोली लागेर उनले ज्यान गुमाए।
छोराको खबर सुनेपछि ५३ वर्षीय टेकबहादुर काठमाडौंतर्फ हान्निएका छन् भने आमा दुर्गादेवी मूर्छित छिन् । छिमेकी हजुरबुबा एवं सिउडी माविका प्रधानाध्यापक बमबहादुर शाहका अनुसार वीरेन्द्रको परिवारमा बज्रपात भयो । एकातिर घरको आर्थिक अवस्था कमजोर छ अर्को तिर अस्वस्थ पितानै छोराको शव लिन काठमाडौं जानुपर्ने बाध्यता आईलाग्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP