
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार सम्बन्धी मुद्दामा बहस सकिएको छ ।
यो मुद्दामा आजै आदेश आउनेछ। न्यायाधीस शिशिरराज ढकाल फैसलाको तयारीमा जुटेका छन् ।दुवैपक्षको बहस र त्यसपछि फेरि वादी पक्षबाट जवाफी बहस सकिएपछि फैसलाको तयारी भएको हो ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित किशोरी आफैले उपस्थित भएर आफ्ना कुरा राखेकी थिइन् । १६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो ।
यो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको थियो ।