मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको पाइएको छ । अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकले राउतलाई गोली नलागेको जानकारी दिएका हुन् ।

उनका अनुसार १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । ‘मेडिकल टिमले सीपीआर गर्यो, सफल नभएपछि १ः१७ मा मृतघोषणा गरिएको छ’ पाठकले भने, ‘छातीमा नीलो रंगको डाम छ ।’मृत्युको कारण के हो भन्ने प्रश्नमा उनले अटोप्सी नगरी केही भन्न नसक्ने बताए । यद्यपि अस्पतालमा ल्याउँदा अचेत रहेको र छातीमा डाम पहिचान गरेको उनले बताए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप हुँदा प्रहरीले अश्रु ग्यास हानेपछि अचेत भेटिएका राउतलाई किस्ट अस्पताल लगिएको थियो र त्यहाँ उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP