शनिबार , बैसाख १३, २०८२

काठमाडौं । बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको पाइएको छ । अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकले राउतलाई गोली नलागेको जानकारी दिएका हुन् ।

उनका अनुसार १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । ‘मेडिकल टिमले सीपीआर गर्यो, सफल नभएपछि १ः१७ मा मृतघोषणा गरिएको छ’ पाठकले भने, ‘छातीमा नीलो रंगको डाम छ ।’मृत्युको कारण के हो भन्ने प्रश्नमा उनले अटोप्सी नगरी केही भन्न नसक्ने बताए । यद्यपि अस्पतालमा ल्याउँदा अचेत रहेको र छातीमा डाम पहिचान गरेको उनले बताए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप हुँदा प्रहरीले अश्रु ग्यास हानेपछि अचेत भेटिएका राउतलाई किस्ट अस्पताल लगिएको थियो र त्यहाँ उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP