मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । एनसेल घोटाला प्रकरण छानबिन गर्न विश्वसनीय न्यायिक आयोग गठन गर्नु पर्ने लगायतका मागसहित  मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको माइतीघरमा गरेको धर्नाबाट प्रहरीले २२ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ ।
संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी  पक्राउ परेका छन् ।

यसैगरी ललितपुर शाखा सभापति मनबहादुर थापा, अधिकारकर्मीहरु सानु लामा, उमा गौतम, बलबहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, विकास थापा, तुलसीराम भण्डारी, मणिराम दाहाल, लक्ष्मण पुडासैनी, वुद्ध अनमोल, मोहीणीप्रसाद आचार्य, र आदर्श क्षेत्रीसहित २२ जनालाई पक्राउ गरेको समाजले जनाएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । एनसेलको शेयर बिक्री हुँदा कर छली भएको घटनालाई समाजले महाघोटाला र राज्य विरुद्धको अपराध भन्दै आएको छ । र उसले निरन्तर प्रदर्शन पनि गर्दै आएको छ ।

घोटाला प्रकरणमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुकै संलग्नताको तथ्य बारम्बार प्रकाशमा आएको भन्दै शान्ति समाजले विश्वसनीय न्यायीक छानविन आयोगको माग गर्दै आएको छ । सरकारले छानबिन गर्न पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP