मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि पुगेका उनीहरू सम्झौतानुसार काम र तलब नपाउँदा समस्यामा परेका हुन् ।

म्यानपावरलाई प्रतिव्यक्ति २ देखि २ लाख ५० हजार रुपैयाँसम्म तिरेर त्यहाँ पुगेका उनीहरू अहिले भनेनुसारको काम र तलब नपाउँदा समस्यामा परेको कुवेत पुगेका काभ्रेपलाञ्चोकका जीवन गौतमले जानकारी दिए ।आफूहरूलाई करार सम्झौतामा कर लाइट ड्राइभर प्रतिमहिना ८ घण्टा २६ दिनको १ सय ४० केडी तलब सुविधा तोकिएको भए पनि अहिले यहाँ सम्झौतानुसारको काम र सेवा सुविधा नपाएको भन्दै उनले उद्धारका लागि अनुरोध गरेका छन् ।

एक भिडियो सार्वजनिक गर्दै पीडितहरूले श्रम सम्झौतानुसार दैनिक ८ घण्टा काम गर्नुपर्ने, सातामा ६ दिन काम गर्नुपर्ने, मेडिकल तथा बस्ने सुविधा कम्पनीले नै बेहोर्नुपर्ने र करार अवधि दुई वर्ष हुने भनेर आएको भए पनि कम्पनीले तीन वर्ष अनिवार्य काम गर्नुपर्छ भनेको उनीहरूले बताएका छन् ।

कम्पनीको नियमानुसार मासिक ४ सय ५० ट्रिप डेलिभरी पूरा गरे मात्र १ सय २० केडी मात्र तलब दिने, त्यो पूरा नगरे कुवेती दिनर शून्य दशमलव ४ फिल्स मात्र दिने, कम्पनीले लाइसेन्स निकालिदिएबापतको २ सय ८० केडी काट्ने र प्रतिमहिना ३५ केडी तिर्नुपर्ने र कुनै दुर्घटना भए त्यसको क्षतिपूर्ति पनि कामदार आफैंले भर्नुपर्ने कम्पनीले दबाब दिएको भन्दै उनीहरूले सम्झौताबमोजिम काम र तलब सुविधा नपाएकाले उद्धार गर्न अनुरोध गरेका हुन् । सम्झौतापत्रमा भने यस्तो नरहेको उनीहरूले बताएका छन् ।

‘हामीले विगत पाँच महिना अघिदेखि नै कम्पनी, म्यानपावर र कुवेतबाट भिसा पठाउने शेर्पा नामका एजेन्टलाई समस्या समाधान गर्न पहल गरिदिनुहोस् भन्दै आएका थियौं,’ जीवनले भने, ‘तर कम्पनी र म्यानपावारबाट हामी मिलाउँछौं समय दिनुहोस्, नआत्तिनुहोस् बिस्तारै सबै ठीक हुन्छ भनेको लामो समय भइसक्दा पनि समस्या समाधान भएन ।’पाँच महिनाअघि त्यस कम्पनीमा पुगेका ११ जना नेपाली कुवेतस्थित नेपाली दूतावासमा पुगेर चार दिन बसी छलफल गरेको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको उनको आरोप छ । सम्झौतानुसारको काम र तलब सुविधा दिलाउन दूतावासले पहल गर्ने यदि समस्या समाधान नभए पछि पुनः दूतावास आउने भने पनि अहिलेसम्म कुनै सुनवाइ नभएको उनले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP