शनिबार , बैसाख १३, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन काट्ने तयारी गरेको छ। प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै कानुनी रूपमा अड्चन नभएका उद्योगको लाइन काट्दै जाने जनाएको हो। यसअघि प्राधिकरणले गत शुक्रबार र शनिबार ९ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरेको छ ।

पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६१ वटा उद्योगको विद्युत् बक्यौता रहेकोमा महसुल तिर्न नपर्ने भन्दै ५१ वटा मुद्दा परेको जानकारी दिए । उनले भने, ‘४५ वटा मुद्दाको फैसला प्राधिकरणको पक्षमा आएकाले अब बक्यौता बाँकी रहेका उद्योगको विद्युत् आपूर्ति काट्दै जानेछौं । बाँकी ६ वटा उद्योगको मुद्दामध्ये ३ वटामा अन्तरिम आदेश आएको छ भने ३ वटा मुद्दा अदालतमा विचाराधीन रहेकाले हालका लागि ती उद्योगको विद्युत् आपूर्ति कटौती गर्दैनौं।’

उनका अनुसार लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकलाई प्रिमियमसहितको विद्युत् महसुल भुक्तानीका लागि पटक–पटक ताकेता एवम् सार्वजनिक सूचनामार्फत् अनुरोध गरिएको थियो।

उक्त अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम २०८० पुस ६ गतेबाट विद्युत् लाइन बिच्छेद गर्न शुरू गरिएको घिसिङले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP