मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गण्डकी प्रदेशका विकास तथा पर्यटन पूर्वाधारको पूर्णता तथा शीघ्र संचालनका लागि आग्रह गरेका छन्।

बागलुङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा काली गण्डकी कोरिडोर र मध्य पहाडी लोक मार्गको विकासले समग्र गण्डकी प्रदेश तथा बागलुङ जिल्लाको समृद्धिमा ठुलो टेवा पुग्ने बताए।

गण्डकी प्रदेश भौतिक रूपमा दुई ठुला छिमेकी भारत र चीनसँग जोडिएको बताउँदै उनले पोखरा, मनाङ, मुस्ताङ, कालिगण्डकी र हिमाल देखि लिएर बागलुङको ढोरपाटनजस्ता कैयौं अद्वितीय पर्यटकीय क्षेत्रबाट लाभ लिनुपर्ने बताए।

अध्यक्ष ढकालले उल्लेख दक्षिणी छिमेकीको करिब एक अर्ब मानिसको आस्थाको केन्द्र मुक्तिनाथ मुस्ताङ प्रवेश गर्ने गेट वे पनि बागलुङ भएको बताए। ‘भारत र चीन जस्ता निकट छिमेकीको जनसङ्ख्या पौने ३ अर्ब छ। नजिकैको ठूलो पर्यटन बजार हुनु ठूलो अवसर हो। त्यसैले यस क्षेत्रमा पर्यटन पूर्वाधारको निर्माणले हवाई र स्थल मार्गबाट थप पर्यटक भित्र्याउन सकिने यथार्थलाई मनन गरेर प्रदेश सरकारले ध्यान पुर्‍याउनुपर्छ,’ उनले भने।

कोरोला नाकाको स्तरोन्नति र अधिकतम प्रयोग एवं पूर्ण सञ्चालनका लागि बागलुङ जिल्ला र गण्डकी प्रदेशका व्यवसायीहरूले पहल लिनुपर्ने ढकालले बताए। बेइजिङको समृद्धि भित्र्याउने र स्थानीय उत्पादन चीन तर्फ निर्यात गर्न कोरोला नाका प्रभावकारी हुने भएकाले सङ्घीय सरकार सगसगै प्रदेश सरकारले पनि अग्रसरता लिनुपर्ने उनले बताए।

बागलुङको पर्यटकीय सम्भावनाको चर्चा गर्दै अध्यक्ष ढकालले पोखरा आउने कम्तीमा पनि आधा पर्यटक पर्वत, बागलुङ बास बस्दै मुस्ताङ पुर्‍याउन सकिने योजना बनाएर काम गर्न सुझाब दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP