मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ की एक महिलालाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटपिट गरेको घटनामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।
लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ ।
बिजुलीको पोलमा बाँधेर यातना दिइएकी शारदा थापाको सोमबार उद्धार गरिएपछि उनका पति सन्तोष थापासहित सातजनालाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

बेहोस अवस्थामा उद्धार गरिएकी थापाको अहिले जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। उपचारपछि अहिले थापाको स्वास्थ्यमा सुधार भइरहेको सिलवालले बताए।
रमिते बनेर कुटपिटमा सघाउने गाउँलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरू सबैलाई म्याद थपेर अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । थापा दम्पतिबीच लामो समयदेखि घरायसी विवाद रहेको पनि खुलेको छ।त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।

त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको प्रहरीेले जनाएको छ   केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।
सन्तोष र शारदाले लिएको ऋणलाई लिएर गाउँमा विवाद भएको थियो। त्यही विषयमा शारदालाई बाँधेर कुटिएको हो। उनीहरू दुवैलाई सुरुमा आफन्तले घरकै दलानको थाममा बाँधेका थिए।

दुवैलाई थाममा बाँधेपछि ऋण तिर्ने सहमति पनि भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP