मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन बालुवाटार शीर्ष नेताहरुबीचको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् ।

बैठकमा कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानूनमन्त्री धनराज गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन, एमालेका सचेतक महेश बर्तौलालगायत नेताहरु सहभागी छन् । हिजो पनि तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन छ । उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले हिउँदे अधिवेशनबाट यसलाई टुंग्याउने तयारी गरेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक हाल प्रतिनिधिसभाको समितिमा विचाराधीन छ । विधेयकका अन्तर्वस्तुमा प्रमुख दलहरुबीच सहमति नजुट्दा विधेयक अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP