मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको आरोप गम्भिर आरोप लगाएका छन्।चितवनको नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले सुन तस्करीको प्रमाण सिंहदरबारस्थित गृहमन्त्रीको क्याबिनमै पुगेर देखाउँदा पनि गृहमन्त्रीले कुनै कारवाही नगरेको उल्टै संरक्षण आरोप लगाएका हुन् । गृहमन्त्री श्रेष्ठलाई सुन तस्करीको छानबिन राजश्व अनुसन्धानबाट प्रहरीमा ल्याएर जोगाउनु मात्रै रहेको लामिछानेले टिप्पणी गरे ।
उनले सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले ‘राम्रोसँग’ अनुसन्धान गरिरहेको बेला गृह मन्त्रालयले प्रहरीमार्फत् ल्याएर ‘मुद्दा कमजोर’ बनाएको आरोप समेत लगाए ।

‘मैले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको थिएँ। धेरैले सूचना भएको मान्छेले दिनुपर्छ भन्नुभयो। मैले कुन सूचना कहाँ दिने भन्ने ध्यान र ज्ञान राख्नुपर्छ। मैले गृहमन्त्रीज्यूलाई गएर नै तपाईँको निकटमा रहेको मान्छे जो अध्यागमनको डिजी हुनुहुन्छ,झलकराम अधिकारी । उहाँको संलग्नता देखिएको छ, उहाँले दावा भन्ने मान्छे जो सुन तस्करीको नाइके यो यो सामानमा सुन आयो है भन्दै पठाउनुभएको छ। अहिले छानबिनको लागि जहाँ गएर छापा मारियो  यी सामान छ कि छैन हेर्नुस्। केके सामान गएका छन्। यो काम कसले गर्‍यो झलकराम सुवेदीले गर्नुभयो। उहाँ गृहमन्त्रीको नजिकको मान्छे। ’ रविले प्रमाण देखाउँदै पत्रकारहरूसँग भने, उहाँलाई यो मोड्नुपर्‍यो राजस्व अनुसन्धानले त राम्रो काम गरेको थियो। मैले गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर यी सब चिज देखाए उहाँलाई त गज्जब भयो। उहाँले कारबाही गर्नुहोला भनेको त । गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि। उहाँ (गृहमन्त्री)लाई त त्यो अनुसन्धान प्रहरीतिर ल्याउनु थियो। उहाँहरु मान्छेलाई सायद जोगाउनु थियो होला। अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन ।’

उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए । आफूविरुद्ध मकैको खोया प्रहार भएको प्रसंग जोड्दै उनले  गृहमन्त्री श्रेष्ठको आलोचना गरे ।उनले भने, ‘सबै प्रपन्च खोयाबाट सुरु गरेर कहाँसम्म पुग्ने विचार गर्नु भएको छ  गृहमन्त्रीज्यू, पहिले आफ्ना वरपरका मान्छेलाई सम्हाल्नुपर्यो तपाईंले ।’
योजनावद्धढंगले आफूमाथि गृहमन्त्री लागेको लामिछानेको आरोप छ । आफूमाथि आक्रमणको प्रयास हुँदा पनि गृह प्रशासनले एकपटक पनि नसोधेको गुनासो गर्दै उनले योजनाबद्ध ढंगले आफूमाथि प्रहार भइरहेको आरोप लगाए ।

‘चौथो ठूलो दलको नेतामाथि प्रहार हुँदाखेरि देशको प्रशासनले, गृहमन्त्रीले, गृह प्रशासनले एकपटक एउटा कन्सर्न राख्नुपर्ने होला नि त रु छैन, किनकि सब चिज योजनाबद्ध छ,’ लामिछानेले भने ।सुन तस्करी प्रकरणको मुद्दा कमजोर बनाएर आफ्नालाई बचाएको गृह प्रशासनले रवि लामिछानेलाई कसरी फसाउने भनेर षडयन्त्र गरिरहेको उनले आशंका गरे ।
‘यही सरकारभित्र छिरेर, यहाँबाट सुरुवात गरेर यसलाई फसाउँछु भन्ने कुनै योजनाभित्र हुनुहुन्छ कि भन्ने मलाई आशंका छ,’ उनले भने । राष्ट्रिय परिचय पत्र रूजुको जिम्मा विदेशी कम्पनीलाई दिइएको भनेर पत्रिकामा आएको समाचारको आधारमा गृहमन्त्रीले छानविन समिति बनाएको, समितिले आफूसँग वयान पनि लिएको तर त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक नगरेको भन्दै लामिछानेले आक्रोश पोखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP