
काठमाडौं । नेपाली कांग्रेसकासभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा रहेको बताएका छन् ।शनिवार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्र संकटमा रहेको भन्दै सबै मिल्नुपर्नेमा जोड दिए ।
मुलुक दोधारको अवस्थामा रहेको भउन्दै उनले अहिलेको बेला सबैले मिलेर र खास गरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताए । गणतान्त्रिक व्यवस्था महत्त्वपूर्ण र समावेशितामा आधारित व्यवस्था भएको बताउँदै उनले त्यसै अनुसार प्रतिनिधित्व भैरहेको बताए
सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रूपमा प्रतिबद्ध गराइ बलियो बनाउन लाग्नुपर्ने बताए । उनले कांग्रेसको आन्तरिक एकता र मेलमिलपमा जोड दिए ।
‘अहिलेको अवस्थामा हाम्रा साथीहरुबिच मेलमिलाप हुन जरुरी छ । अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ । आज जित्नेले पनि भोलि सधैँ जितिरहिन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको मनोमानिल्यलाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ ।’ देउवाले भने ।