मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसकासभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा रहेको बताएका छन् ।शनिवार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्र  संकटमा रहेको भन्दै सबै मिल्नुपर्नेमा जोड दिए ।

मुलुक दोधारको अवस्थामा रहेको भउन्दै उनले अहिलेको बेला सबैले मिलेर र खास गरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताए । गणतान्त्रिक व्यवस्था महत्त्वपूर्ण र समावेशितामा आधारित व्यवस्था भएको बताउँदै  उनले त्यसै अनुसार प्रतिनिधित्व भैरहेको बताए

सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रूपमा प्रतिबद्ध गराइ बलियो बनाउन लाग्नुपर्ने बताए । उनले कांग्रेसको आन्तरिक एकता र मेलमिलपमा जोड दिए ।

‘अहिलेको अवस्थामा हाम्रा साथीहरुबिच मेलमिलाप हुन जरुरी छ । अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ । आज जित्नेले पनि भोलि सधैँ जितिरहिन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको मनोमानिल्यलाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ ।’  देउवाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP