मंगलबार , भाद्र १६, २०८३

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले गरेका राम्रा कामहरूको प्रचार हुन नसकेको गुनासो गरेका छन् ।

शनिबार ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत काठमाडौँको बूढानीलकण्ठमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नै पार्टी पंक्तिप्रति गुनासो गरेका हुन् । अरु दल वा सरकारले गर्दै नगरेको कामलाई पनि गरेको जसरी प्रचार गरेको भन्दै आफ्नो पार्टीले त्यस्तो गर्न नसकेको उनको दुःखेसो छ ।

‘सरकारको अन्य कुराको हकमा, पिठो पनि अरुले राम्रोसँग कराएर बेच्ने, हामीले राम्रो चामल पनि बेच्न नजान्ने भएको हो माओवादी। माओवादीले गरेको काम हेर्ने हो भने, मध्यपहाडी लोकमार्ग जुन मेरो पालामा मैले नै प्रस्ताव गरेको हो। त्यसले अहिले जनताको अर्थतन्त्रमा राम्रो प्रभाव पार्दैछ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले पहिलो कार्यकालमा देशलाई उज्यालो बनाउने अभियानदेखि कृषकका ऋण मिनाहसम्मका काम गरेपनि त्यसको प्रचार भने उपयुक्त ढंगबाट नभएको गुनासो गरे।

‘मैले ३० हजार जतिको सम्पूर्ण ऋण त्यतिबेलै गरेको हो। एक लाखलाई ऋणको ब्याज नलाग्ने मैले नै बनाएको हो त्यो बेलामा,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अरुले नगरेको काम पनि गरेको जसरी प्रचार गर्छन्, हामीले गरेको पनि राम्रोसँग भन्न सकिएन।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो कार्यकाल सफल हुने दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP