
काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले गरेका राम्रा कामहरूको प्रचार हुन नसकेको गुनासो गरेका छन् ।
‘सरकारको अन्य कुराको हकमा, पिठो पनि अरुले राम्रोसँग कराएर बेच्ने, हामीले राम्रो चामल पनि बेच्न नजान्ने भएको हो माओवादी। माओवादीले गरेको काम हेर्ने हो भने, मध्यपहाडी लोकमार्ग जुन मेरो पालामा मैले नै प्रस्ताव गरेको हो। त्यसले अहिले जनताको अर्थतन्त्रमा राम्रो प्रभाव पार्दैछ,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले पहिलो कार्यकालमा देशलाई उज्यालो बनाउने अभियानदेखि कृषकका ऋण मिनाहसम्मका काम गरेपनि त्यसको प्रचार भने उपयुक्त ढंगबाट नभएको गुनासो गरे।
‘मैले ३० हजार जतिको सम्पूर्ण ऋण त्यतिबेलै गरेको हो। एक लाखलाई ऋणको ब्याज नलाग्ने मैले नै बनाएको हो त्यो बेलामा,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अरुले नगरेको काम पनि गरेको जसरी प्रचार गर्छन्, हामीले गरेको पनि राम्रोसँग भन्न सकिएन।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो कार्यकाल सफल हुने दाबी गरे।