मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।

नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा उनले प्रदेशहरुले आफूहरुलाई अधिकार सम्पन्न बनाउने कानुन माग्दा पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाए ।

उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरू पूरा गर्न आग्रह गरे।

‘यदि स्थानीय तहलाई अधिकार चाँडो दिनेगरी निजामति सम्बन्धी, लोकसेवा सम्बन्धी, आर्थिक सम्बन्धी कानून, प्रहरी सम्बन्धी कानून यी सबै निर्माण गरेर अधिकार सम्पन्न बनाइन्न भने हामी सिंहदरबार घेर्छौं भन्नुभएको छ, आज प्रधानमन्त्रीजीलाई म यहीँबाट नेपाली काँग्रेस पार्टीको महामन्त्रीको हैसियतले भन्छु, काँग्रेसको महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसहित उपस्थित हुनेछौँ,’ महामन्त्री शर्माले भने।

प्रदेश सम्मेलनमा जाँदा लुम्बिनी, गण्डकी, मधेश र बागमतीमा समेत एउटै गुनासो सुनेको भन्दै शर्माले प्रदेशले युरेनियम र हिरामोती नमागेको बताए ।‘अन्तरिक्ष यान बनाएर ल्याएर हाम्रो हातमा देउ भनेको हो, होइन । अन्तरिक्ष यान मागेको होइन, अक्षरहरुले लेखिएको एउटा पुस्तक मागेको हो, कानुन मागेको हो, अधिकार मागेको हो, त्यो दिन सकिन्छ कि सकिँदैन, त्यो दिन नसकिने कारण के छ ? ’ शर्माले प्रश्न गरे ।

निजामती सेवा, लोकसेवा आयोग, पहरी र केही आर्थिक अधिकारसँग सम्बन्धित कानुन नहुँदा प्रदेशलाई अप्ठेरो परेको भन्दै शर्माले कांग्रेसको महासमिति बैठकसम्म ती कानुन नबने प्रदेशका नेताहरुसँगै आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP