मंगलबार , बैसाख २९, २०८३

बागलुङ, पौष ६ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको ११ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनले छुम बहादुर थापाको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धनश्याम थापा, अम्मर बहादुर थापा, बेलुकाजी थापा महासचिवमा थम्मन थापा सन्देश, सचिवमा सुवेदार मिन बहादुर थापा, भोज कुमारी थापा र कोषाध्यक्षमा शेर बहादुर थापा रहनुभएको छ । समितिको सदस्यहरुमा चन्द्र बहादुर थापा, प्रेम थापा, रुद्र बहादुर थापा, हर्क थापा, शिबु थापा, थुमा थापा, टिका कुमारी थापा, विष्णु थापा, डिल बहादुर थापा रहनुभएको छ ।

अधिवेशनले वैकल्पिक सदस्यहरुमा कृष्ण बहादुर थापा, भिम बहादुर थापा, नारायण थापा, ईन्द्र बहादुर थापा र ज्ञान बहादुर थापा चयन गरेको छ । त्यस्तै बगाले थापा समाजको केन्द्रिय प्रतिनिधिमा राज थापा, दल थापा र टोप बहादुर थापा रहनुभएको छ । सो अवसरमा दल बहादुर थापा संयोजक रहेको ८ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । सदस्यहरुमा खिम बहादुर थापा, गंगा बहादुर थापा, लोक बहादुर थापा, राम बहादुर थापा, चित्र बहादुर थापा, ज्ञान बहादुर थापा, तिल कुमारी थापा चयन गरिएको बताइएको छ । त्यस्तै लेखा समिति संयोजकमा केहरसिंह थापा सहित सदस्यहरुमा हुम थापा र झम बहादुर थापा रहनुभएको छ ।

समाजले विभिन्न उपसमिति अन्तर्गत विदेश विभाग, अनुशासन समिति, भुपु सैनिक समिति, कृषि समिति, महिला समिति, युवा समिति, विपत व्यवस्थापन समिति गठन गरेको छ । समाजका संरक्षक तथा धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर दिन बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल सरकारका उपसचिव प्रकाश थापाले बधाई मन्तव्य र नव निर्वाचित अध्यक्ष छुम बहादुर थापाले प्रतिवद्वता मन्तव्य र निवर्तमान अध्यक्ष दल बहादुर थापाले धन्यवाद मन्तव्य राख्नुभएको थियो । अधिवेशनमा संस्थाको प्रगति प्रतिवेदन सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्मर बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम लेखा समिति सदस्य राज बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP