मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत आपूर्ति बन्द थालेको छ।प्राधिकरणले जगदम्बा, रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्ट गरी ४ वटा उद्योगको बिजुली काटिदिएको छ ।

प्राधिकरणका अनुसार जगदम्बाले मात्रै रु चार अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले रु एक अर्ब ९४ करोड, घोराही सिमेन्टले रु एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले रु एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ ।पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई तुरुन्त बक्यौता उठाउन र बक्यौता नतिर्ने उद्योगी व्यवसायीको बिजुली काट्न निर्देशन दिए लगत्तै प्राधिकरण एक्सनमा उत्रिएको हो । गत भदौमा भने प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई डेडिकेटेड लाइन र ट्रंकलाइनवापतको शुल्क उठाउन रोकेका थिए। तर पछिल्लो पक भने उनले पैसा उठाउन वा विजुली काट्न निर्देशन दिएका थिए ।

महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । संसद्का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुल उपर गर्न निर्देशन दिएका थिए ।

५८ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ। यस्तो बक्यौता २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको प्राधिकरणको हिसाब छ। यसमा करिब २० अर्ब साँवा र बाँकी हर्जना छ। तर डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतालाई लिएर व्यवसायी र प्राधिकरणबीच लामो समयदेखिको विवाद छ।२०७२ सालदेखि उद्योगीहरूले ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिन थालेका थिए।

देशमा ऊर्जा संकटका बेला दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपिरहेका बेला केही उद्योगले यो सुविधा पाएका थिए।त्यसबेलादेखिको विद्युत महसुल भने ती उद्योगहरूले अहिलेसम्म प्राधिकरणलाई तिरेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP