
काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभागले विद्यालयमा अनुशासन इन्चार्ज (डिसिप्लिन इन्चार्ज–डीआई) राख्न रोक लगाएको छ ।
विभागका प्रमुख सीताराम कोइरालाले सबै विद्यालयलाई परिपत्र गर्दै डीआई नराख्न निर्देशन दिएका हुन् । विद्यालयहरुले अनुशासन कायम गर्ने नाममा डीआई राख्ने गरेका छन् । डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपमा नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने समेत गरेको गुनासो प्राप्त भएको कोइरालाले बताए । विद्यार्थीमैत्री सिकाई वातारण सिर्जना गर्न डीआई राख्ने व्यवस्था नगर्न/नगराउन परिपत्रमा सुचित गरिएको छ ।