मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूलाई ठोस कार्ययोजनासहित अघि बढ्न निर्देशन दिँदै त्यसो हुन नसके हटाउने चेतावनी दिएका छन् । सरकार गठनको एक वर्षपछि मन्त्रीहरूको कार्यसम्पादनमा असन्तुष्ट प्रधानमन्त्रीले ठोस योजनासहित अघि नबढे ‘बोल्ड स्टेप’ चाल्ने मन्त्रीहरुलाई बताएको पार्टी पदाधिकारी बैठकमा जानकारी गराएका हुन् ।
‘सबैलाई मैले ठोस कार्ययोजनासहित एक्सनमा जानु भनेको छु ।’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने,  भएन भने बोल्ड स्टेप चाल्छु भनेको छु ।’
प्रधानमन्त्रीले बैठकमा सरकारलाई प्रभावकारी बनाउन अबको नीति तथा कार्यक्रम र बजेटमा पनि आमूल परिवर्तन गर्नुपर्ने सोचेको ब्रिफिङ गरेका छन् ।

आफूले थालेको भ्रष्टाचारविरोधी अभियानलाई गति दिएर नयाँ फाइल खोल्ने योजना प्रधानमन्त्रीले सुनाएको सापकोटाले बताए ।  तर आज मन्त्रिपरिषद् पुनर्गठनको विषयबारे ठोस रूपमा छलफल नभएको उनले बताए ।  पुस १० गते एक वर्ष पुग्ने भएकोले ११ गते प्रगति र आगामी योजना प्रधानमन्त्रीले ल्याउने त्यसपछि  सरकारको समीक्षा हुने उनले बताए ।

सरकार गठनको एक वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषद पूनर्गगठनको व्यापक चर्चा चलिरहेको छ । र, प्रधानमन्त्रीले केही मन्त्रीलाई हटाउने तयारी गरिरहेको बताइएको छ । उनले मन्त्रीहरुलाई काठमाडौं बाहिर नजान पनि भनिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP