मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।  काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।
एनसेलको सेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनीलगायत छन् । उनीहरुलई  नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।

प्रदर्शनमा सहभागीहरुले एनसेल घोटालामा प्रधानमन्त्रीरपूर्व प्रधानमन्त्री नै सहभागी भएको भन्दै कारबाही माग गरेको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिंगापुर भ्रमणमा भएका डिलहरुबारे छानबिन हुनुपर्ने, यो प्रकरणमा विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने लगायतको माग राखेका थिए ।
सरकारले गत महिनादेखि काठमाडौंको माइतीघरमा प्रदर्शन निषेध गरेको छ । बुधबार मात्र सूचना जारी गरी थप दुई महिना माइतीघरमा प्रदर्शन निषेध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP