सोमबार , बैसाख १५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुल नजिक बार्दली रेष्टुरेन्टले मिचेर बनाएको संरचना भत्काएको छ ।

बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरुले बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल भत्काइदिएको हो ।बार्दली रेष्टुरेन्टलाई आफैं संरचना भत्काउन भनेकोमा नमानेपछि महानगरपालिकाले डोजर चलाएको हो । वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले बार्दली रेष्टुरेन्टलाई दुई महिनाभन्दा अगाडि नै मिचिएका संरचना हटाउन भनेकोमा नमानेपछि महानगरपालिकाको टोलीले आज भत्काइदिएको बताए ।

यो ठाउँमा सडक साँघुरो हुँदा सवारी साधनको जाम हुने गरेको थियो ।महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।

Dozer bijuli.jpg
                                             यसअघि भत्काइएको आसपासको संरचना 

काठमाडौं महानगरपालिका वडा नम्बर १०का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा यसअघि अनधिकृत संरचना बनाएर हडपिएको जग्गाको रेखांकन गरिएको थियो ।काठमाडौं महानगरपालिका वडा नम्बर १० को सिट नम्बर १०२–११४६–०६ को कित्ता नम्बर ४१२, २८९, २९०, २६४ र ४ नम्बर कित्ताको सरकारी जग्गा महानगरले छुट्याएको थियो । त्यसपछि सरकारी जग्गा मिचेर बनाइएका संरचना भत्काउन सुरु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP