शनिबार , मंग्सिर १३, २०८३

काठमाडौं  / भारतको मध्य प्रदेशको धार जिल्लाको पडलिया गाउँमा अनौठो घटना बाहिर आएको छ । जुन ढुङ्गालाई गाउँलेहरूले वर्षौंदेखि कूल देवताका रूपमा पुज्दै आएका थिए, ती ढुङ्गाहरू लाखौं वर्षअघिका डायनासोरको अण्डा भएको खुलेको छ ।

वास्तवमा नर्मदा उपत्यकाको यो क्षेत्र करोडौं वर्ष पहिले डायनासोर युगसँग जोडिएको छ र करिब ६५ करोड वर्ष पहिले यहाँ डायनासोरको क्षेत्र थियो । तर, अहिले प्रशासन सक्रिय भएर अण्डाको जाँच गरिरहेको छ ।

स्थानीय डायनासोर विज्ञ विशाल वर्माले केही दिनअघि तीन जना वैज्ञानिकको कार्यशाला आयोजना गरिएको बताए । यस कार्यशालामा वैज्ञानिक डा. महेश ठक्कर, डा. विवेक वी कपुर, डा. शिल्पा उपस्थित थिए। उनीहरु सबै मण्डुस्थित डाइनोसर फोसिल पार्कको विकास कार्यको अवलोकन गर्न पनि आएका थिए ।

यस समयमा, वैज्ञानिकहरूले देखे कि गाउँका मानिसहरूले लगभग १८ सेन्टिमिटर व्यासको गोलाकार ढुङ्गाको पूजा गर्छन्। उनीहरुको काकर भैरव गोलाकार ढुङ्गामा बसेको जानकार गाउँले वेस्ता पटेलले बताए । यो देवताले सिंगो गाउँमा कुनै समस्या आउन दिन्नन भन्ने उनीहरूको विश्वास छ।

लखनउका वैज्ञानिकहरूको टोलीले अनुसन्धान गर्दा गोलाकार ढुङ्गाको आकार डायनासोरको अण्डा भएको पत्ता लगाए । गाउँलेहरूले यसलाई देवता मानेर पुजा गर्थे ।

नर्मदा उपत्यकामा जताततै डायनासोरको जीवाश्म छरपस्ट रहेको विज्ञहरुको विश्वास छ । यसका लागि माण्डुमा एउटा पार्क बनाइँदै छ जसले गर्दा जीवाश्महरू जोगाउन सकियोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP