मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१४१ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भयो । बुधबारको कारोबार रकम करिब १ वर्षयताकै उच्च हो । यसअघि २६ पुस २०७९ मा कुल ७ अर्ब २९ करोडको कारोबार भएको थियो । कुल १६१ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ५ को स्थिर रह्यो ।

यस दिन उत्पादनमूलक र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उत्पादनमूलक समूह ७.१ प्रतिशत बढ्यो भने लगानी समूह ६.९ प्रतिशत बढ्यो । त्यस्तै ब्यापार समूह ६.२ प्रतिशत बढ्यो ।

बैंकिङ ७, विकास बैंक ६, फाइनान्स १३, जलविद्युत् ४५, लगानी ५, जीवन बीमा २३१, उत्पादन ४००, माइक्रोफाइनान्स ३५, अन्य १५ र ब्यापार उपसमूह १७९ अंक बढे । निर्जीवन बीमा १० र होटल तथा पर्यटन समूह भने ११५ अंक घटे । यस दिन बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी, युनाइटेड इदी मर्दी, बलेफी हाइड्रो, बीपी डब्लू लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्रीस्टार हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स र निफ्राको मूल्य ८ प्रतिशत बढ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP