
न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् । यसअघि आजै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।