शनिबार , मंग्सिर १३, २०८३

क्ववाललम्पुर । इस्लामिक राष्ट्र मलेसियाबाट ठूलो खबर आएको छ । यहाँको सरकारले आफ्नो २०२० को आदेशलाई उल्टाएको छ र अब हलाल प्रमाणपत्र भएका बेकरीहरूलाई उनीहरूको केक वा कन्फेक्शनरीहरूमा गैर–इस्लामिक चाडपर्वहरूको लागि शुभकामना लेख्न र प्रदर्शन गर्न अनुमति दिएको छ।

मलेसियाको इस्लामिक विकास विभाग (जाकिम) को यो नयाँ नियम अनुसार अब गैर–इस्लामिक चाडपर्वको अवसरमा केक वा अन्य खाद्य वस्तुमा उक्त पर्वको शुभकामना लेख्न र प्रदर्शन गर्न पाउने अधिकार खुल्ला गरेको हो ।
जाकिमले डिसेम्बर १९ मा हलाल सर्टिफिकेट भएका व्यवसायलाई केक वा यस्तै खाद्यवस्तुमा चाडपर्वको शुभकामना लेख्न प्रतिबन्ध नरहेको बताए । जाकिम हलाल म्यानेजमेन्ट डिभिजनको कर्पोरेट सञ्चार विभागले एक विज्ञप्तिमा भन्यो, “जाकिमले मलेसियाको हलाल प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित विषयहरूको समीक्षा र पुनः मूल्याङ्कन गर्न जारी राख्नेछ। यो स्पष्टीकरण सँगै अब जाकिमको २०२० को अघिल्लो नियम अब लागू हुनेछैन।’

जाकिमले  यो नयाँ नियम घोषणा गर्नेबित्तिकै मलेसियाली बेकरीहरूमा ‘मेरी क्रिसमस’ लेखिएको केकका लागि धेरै अर्डरहरू प्राप्त गर्न थालेका छन । मलेसियाली वेबसाइट ‘द स्टार’का अनुसार दुई बेकरी आउटलेटहरूले उनीहरूलाई कलमा यस्ता धेरै अर्डरहरू प्राप्त भएको बताएको छ, जसमा उनीहरूमा ‘मेरी क्रिसमस’ लेखिएको केक डेलिभर गर्ने भनिएको छ।

स्मरण रहोस, डिसेम्बर २०२० मा जाकिमका पूर्व उपमहानिदेशक अब्दुल अजिज जुसोहले भनेका थिए कि हलाल–प्रमाणित पसलहरूले केवल केक वा बेकरी वस्तुहरूमा उत्सवको शुभकामनाहरू राख्न सक्छन्, जुन सार्वजनिक रूपमा प्रदर्शन गरिने छैन। जाकिमको यो निर्देशनपछि मलेसियाका बेकरीहरूले केकमा गैरइस्लामिक चाडपर्वसँग सम्बन्धित शुभकामना लेख्न बन्द गरेका थिए । त्यसको ठाउँमा ‘सिजन ग्रीटिंग’ मात्र लेख्न थालियो । यो आदेश पालना नगर्ने बेकरीको हलाल प्रमाणीकरण रद्द गरिने बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP