मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् ।

नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।

कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।  यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् ।

बिहानैदेखि खोज तथा उद्धार तीब्र पारिएको छ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP