मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै ८३ जना व्यक्तिबाट दुई करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्।

सर्लाही जिल्लाको साविक जानकीनगर गाविस ७ स्थायी ठेगाना भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका(७ घर भएका ४१ वर्षीय कोमलराज उपाध्यायलाई प्रहरीले पक्रेको हो ।
उपाध्याय संयुक्त अरब इमिरेट्सको खालिद विन अल वालिद रोड अल राफ्फा, दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीज प्रालिका सञ्चालक रहेका प्रहरीले जनाएको छ। उपाध्यायले श्रीराम रानाभाट समेत ८३ जना व्यक्तिहरुलाई दुबईमा विभिन्न पदमा आकर्षक तलब हुने रोजगारीको प्रलोभन देखाई विभिन्न माध्यमबाट २ करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ संकलन गरेका सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
उनले पीडितहरूलाई भिजिट भिसामा दुवई बोलाएर रोजगारीमा लगाउन नसकी ठगी गरेको आरोप  छ।उपाध्यायविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोज तलास एवं पक्राउका लागि इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी गरिएको थियो।

उनलाई नेपाल प्रहरी र इन्टरपोलको समन्वयमा मंसीर २९ गते नेपाल झिकाइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP