मंगलबार , बैसाख २९, २०८३

काठमाडौं  । नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थी १५ लाख बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गर्न सफल भएका छन्।

इन्जिनियरिङ कलेजका विद्यार्थी विप्लव पनेरु र भर्खरै स्नातक गरेका अनुप पौडेलसँगै पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका स्नातक चौथो वर्षका विद्यार्थी विश्व पनेरुले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका हुन्।

उनीहरूले ‘टेक्नो-इकोनोमिक एनालिसिस अफ क्रायोजेनिक सीओ २ क्याप्चर प्रोसेस अफ नेपाल एन्ड इटस एप्लिकेसन’ शीर्षकको अनुसन्धान परियोजनाका लागि ११ हजार ८७५ डलरको अनुदान पाएका छन्।

उनीहरू युनाइटेड इन्जिनियरिङ फाउन्डेसनको अनुदान कार्यक्रममा जलवायु समाधान परियोजनाका लागि स्वीकृत भएका हुन्। पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ फाउन्डेसन पाँच ठूला इन्जिनियरिङ सोसाइटीको साझा कन्सोर्टियम हो। यो परियोजना एशियाबाट एक मात्र छनोट भएको परियोजना हो।

यसबाहेक, अनुदान कार्यक्रमको एक भागको रूपमा विश्वास र उनको टोलीलाई अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सद्वारा एक हजार अमेरिकी डलरको प्रस्तावित दुई आवश्यक पाठ्यक्रमहरू प्रदान गरिएको छ।

यी पाठ्यक्रमहरूले केमिकल इन्जिनियरिङको क्षेत्रमा उनीहरूको ज्ञान र सीपलाई थप वृद्धि गर्ने अपेक्षा गरिएको छ। पाठ्यक्रमले जलवायु समाधानहरूमा योगदान पुर्‍याउन बहुमूल्य सीपहरू र अन्तरदृष्टिहरू प्रदान गर्नेछ।

उनीहरूको परियोजना प्रतिवेदन चाँडै नै अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सको सस्टेनेबल एनर्जी कोर्प्सले आफ्नो अन्तर्राष्ट्रिय डाटाबेसमा प्रकाशित गर्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP