
यसअघि मंसिर १४ गते ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएरै यो अभियानको थालनी गरेका थिए र आज अन्तिम उनले भारतसँगको सीमा क्षेत्र पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झन्डा फहराएका हुन् । एमालेको संकल्प यात्रा आज समापन हुँदैछ। यसअघि एमाले नेता कार्यकर्ताहरुले चिवाभन्ज्याङको जंगे पिलरमा झण्डा फहराएका थिए।
मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न भन्दै एमाले अध्यक्ष ओलीको नेतृत्वमा नेताहरु खटिएका छन् ।