मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ ।

भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जरको नेतृत्वमा ८ जना र जनकपुरका ४ गरी १२ जना कालीगढले सात दिन लगाएर  प्रतिमा बनाएका हुन् ।
यसको लागि जनकपुर उद्योग वाणिज्य संघ र जनकपुरधाम उपमहानगरपालिकाले चन्दा संकलन गरेका थिए ।विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व कीर्तिमानका लागि ८५ क्वीन्टल अन्नबाट रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो ।

विश्व कीर्तिमान कायम गरी जनकपुरको पर्यटन प्रवर्द्धनका लागि सीता–राम स्वयंवर प्रतिमा निर्माण गरिएको जनकपुर उद्योगा वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहले बताए ।उक्त प्रतिमाको उत्तर छेउमा रामका गुरु विश्वामित्र र दक्षिण छेउमा जानकीका बुबा जनकको प्रतिमा निर्माण गरिएको छ ।प्रतिमामा रंग अनुसारकै अन्नको प्रयोग गरिएको छ । चामल, गहुँ, सोयाबिन, बदाम, उरिद दाल, चना दाल, रहर दाल, मुसुरो दाल, मकै, बदामी, मुंग दालको प्रयोग गरी प्रतिमा निर्माण गरिएको छ ।

प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष साहले बताए ।यो अन्नको प्रतिमा विश्वमै सबभन्दा ठूलो भएको दावी गरिएको छ । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० वर्गफिटको मूर्तिले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएको छ ।

सप्ताहव्यापी विवाहपञ्चमीको शनिबार पाचौं दिन राम र जानकीको मटकोर मनाइँदै छ । आइतबार जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्वसको मुख्य दिन स्वयंवर र विवाह रहेको छ । विवाह पञ्चमीका लागि नेपाल र भारतबाट भक्तजनहरु जनकपुर आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP