मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन उल्ट्याउन खोजिएको भन्दै प्रतिरोध गर्न आग्रह गरेका छन् । लितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरेकने संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन् । इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै स्ंस्कृतिहरू समानरूपमा मौलाउन र विकास हुन सक्छन् । त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।’
बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् । यो भावलाई हामीले सदैंव दृढताकासाथ संकल्प गरि अघि बढ्नुको कुनै विकल्प नभएको उनले बताए ।

, ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। हाम्रा समृद्धशाली मूर्त र अमूर्त साँस्कृतिक धरोहर सम्पदाहरू राष्ट्रिय एकता सबलीकरण गर्ने बिशिष्ट माध्यमका रूपमा परिचित छन्। । यी साँस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।’ उनले भने ।

प्रधानमन्त्रीले आफ्नो संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु हामी सबैको दायित्व मात्र होइन, अधिकार पनि भएको बताए । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको व्यवस्था गरेको स्पष्ट पारे । प्रधानमन्त्रीले विभिन्न कालखण्डमा मानव समुदायहरूले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए ।

उनले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामथ्र्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ बर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP