सोमबार , बैसाख १५, २०८२

काठमाडौं । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा वीरगंज युनाइटेडमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा पोखरालाई जित दिलाउन जो आइडु र मोसेस ग्याबाले गोल गरे । वीरगंजका लागि आइकिन्स बफोरले गोल फर्काए ।

तेस्रो जित सहित ६ खेलमा ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो पराजय ब्यहोरेको वीरगंज समान खेलबाट ५ अंकका साथ आठौं स्थानमा छ ।

खेलको छैटौं मिनेटमा आइडुको गोलमार्फत पोखराले अग्रता लिएको थियो । तर पोखराको यो अग्रता लामो समयसम्म टिक्ने भने सकेन । ५ मिनेटपछि नै वीरगंजका लागि सुशील लामाले गोल फर्काए ।

पहिलो हाफ सकिने १ मिनेट बाँकी छँदा अनोरको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिँदै ग्याबाले पोखरालाई २-१ को अग्रता दिलाए । दोस्रो हाफमा भने दुवै टोलीबाट गोल हुन सकेन । र, पोखरा विजयी भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP