मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा वीरगंज युनाइटेडमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा पोखरालाई जित दिलाउन जो आइडु र मोसेस ग्याबाले गोल गरे । वीरगंजका लागि आइकिन्स बफोरले गोल फर्काए ।

तेस्रो जित सहित ६ खेलमा ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो पराजय ब्यहोरेको वीरगंज समान खेलबाट ५ अंकका साथ आठौं स्थानमा छ ।

खेलको छैटौं मिनेटमा आइडुको गोलमार्फत पोखराले अग्रता लिएको थियो । तर पोखराको यो अग्रता लामो समयसम्म टिक्ने भने सकेन । ५ मिनेटपछि नै वीरगंजका लागि सुशील लामाले गोल फर्काए ।

पहिलो हाफ सकिने १ मिनेट बाँकी छँदा अनोरको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिँदै ग्याबाले पोखरालाई २-१ को अग्रता दिलाए । दोस्रो हाफमा भने दुवै टोलीबाट गोल हुन सकेन । र, पोखरा विजयी भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP