मंगलबार , भाद्र १६, २०८३

काठमाडौं  । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ वटा दल दर्ता भएका छन्।

राष्ट्रियसभा  निर्वाचनका लागि आयोगले शुक्रबारसम्म दल दर्ताका लागि समय दिएको थियो। आयोगले दिएको ५ दिनको समयसीमाभित्र १२ वटा दलले दल दर्ता गराएका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी‚ जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा‚ नेपाल समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आयोगमा दल दर्ता गराएका हुन्।

दर्ता भएका दलको आगामी सोमबार प्रकाशित गरिने पौडेलले बताए। राष्ट्रियसभा निर्वाचनका लागि अब दल दर्ता गर्न पाइने छैन।आयोगले दल दर्ताका लागि दिएको निवेदनउपर छानबिन गरेर आगामी सोमबार दलहरुको अन्तिम सूची सार्वजनिक गर्नेछ।
आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ। त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था अनुसार निर्वाचन हुन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP