मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । आज काठमाडौंका केही ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । टेकुमा रहेको सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ ।प्राधिकरणका लागि आज स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौद्ध, भोटाहिटी, असन, बाङ्गेमुढा, ईन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा पनि विद्युत आपूर्ति हुनेछैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP