
काठमाडौं । भिजिट भिसाका नाममा रकम असुलेर नेपालीलाई विदेश पठाएको आरोपमा प्रहरीले ट्राभल्स एजेन्सीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचारी पदम लामालाई पक्राउ गरेको हो । उनीहरुले अध्यागमन अनधिकृतसँग सेटिङ मिलाएर भिजिट भिसामा युवालाई विदेश पठाउने डिएसपी गोविन्द पन्थीले जानकारी दिए ।
प्रहरीले अध्यागमनका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याएको छ । प्रहरीले २७ मंसिरमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले खड्कालाई १ करोड रुपैयाँसम्म बुझाएको बयान दिएका अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।
अनुसन्धानका क्रममा उनले नक्कली कागजातका आधारमा प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म लिएर विदेश उडाउन सहजिकरण गरिदिने गरेको खुलेको थियो ।
पक्राउ परेकाहरुले खड्कालाई १ करोड रुपैयाँसम्म बुझाएको बयान दिएका अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिएका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।