मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । भिजिट भिसाका नाममा रकम असुलेर नेपालीलाई विदेश पठाएको आरोपमा प्रहरीले ट्राभल्स एजेन्सीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचारी पदम लामालाई पक्राउ गरेको हो । उनीहरुले अध्यागमन अनधिकृतसँग सेटिङ मिलाएर भिजिट भिसामा युवालाई विदेश पठाउने डिएसपी गोविन्द पन्थीले जानकारी दिए ।

प्रहरीले अध्यागमनका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याएको  छ । प्रहरीले २७ मंसिरमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले खड्कालाई १ करोड रुपैयाँसम्म बुझाएको बयान दिएका अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

अनुसन्धानका क्रममा उनले नक्कली कागजातका आधारमा प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म लिएर विदेश उडाउन सहजिकरण गरिदिने गरेको खुलेको थियो ।

पक्राउ परेकाहरुले खड्कालाई १ करोड रुपैयाँसम्म बुझाएको बयान दिएका अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिएका छन्  । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP