मंगलबार , बैसाख २९, २०८३

काठमाडौं / साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो ।

परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले नतिजामा सुधार देखिएको बताए । उनले भने, ‘मिहेनत नगरी नहुने रहेछ भन्ने बुझ्न थालेकोले नतिजामा सुधार आउन थालेको छ ।’

परिषद्ले लिएको पहिलो परीक्षामा जम्मा २८ प्रतिशत र दोस्रोमा ३४ प्रतिशत परीक्षार्थीले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए ।

परिषद्ले १५ जना परीक्षार्थीको नतिजा स्थगित गरेको जनाएको छ । परिषद्ले २२ मंसिरदेखि २८ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकमा परीक्षा संचालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP