सोमबार , बैसाख १५, २०८२

काठमाडौँ  । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आङ्गिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । दुवैथरि क्याम्पसमा गरेर चार हजार ३४४ जना विद्यार्थी भर्ना क्षमता छ । तीमध्ये दुई हजार ८१० जना भर्ना भइसकेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आङ्गिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । दुवैथरि क्याम्पसमा गरेर चार हजार ३४४ जना विद्यार्थी भर्ना क्षमता छ । तीमध्ये दुई हजार ८१० जना भर्ना भइसकेका छन् ।  संस्थानका अनुसार आङ्गिकतर्फ पुल्चोक क्याम्पसमा कुल ६२४ सिटमध्ये ३० सिट मात्रै भर्ना गर्न बाँकी छ । यो क्याम्पसले इन्जिनियरिङका १६ वटा विषयको पढाइ सञ्चालन गरिरहेको छ ।

थापाथली क्याम्पसमा ४३२ वटा सिटमध्ये १०८ वटा मात्रै रिक्त छन् । पश्चिमाञ्चल क्याम्पस पोखरामा ४३२ वटा सिटमध्ये ११७ वटा र धरानस्थित पूर्वाञ्चल क्याम्पसमा ५२८ वटा सिटमध्ये १०१ सिट रिक्त छन् ।यी तीनै वटा क्याम्पसमा इन्जिनियरिङ विधा अन्तर्गत १४ वटा विषयको पढाइ सञ्चालन भइरहेको छ । संस्थानकै आङ्गिकमध्येका चितवन इन्जिनियरिङ क्याम्पसमा २४ वटा सिटमध्ये दुई वटा मात्रै रिक्त छ ।

सम्बन्धन प्राप्त क्याम्पसमध्ये सबैभन्दा धेरै विद्यार्थी नेसनल कलेज अफ इन्जिनियरिङमा सबै विषयमा गरेर २४० वटा विद्यार्थी सिट भर्ना क्षमता भएकोमा २०७ जना भर्ना भइसकेका छन् । सबैभन्दा थोरै विद्यार्थी जनकपुर इन्जिनियरिङ क्याम्पसमा भएका छन् । विभिन्न विषयका गरेर १९२ विद्यार्थी भर्ना क्षमता भएको यो क्याम्पसमा २१ जना मात्रै भर्ना भएका छन् । जुन कुल भर्ना क्षमताको ११ प्रतिशत मात्रै हो ।

अहिले आकर्षक विषयमा समेत विद्यार्थी भर्ना नभएर धेरै कोटा रिक्त रहेको चर्चा चल्ने गरेको छ तर विद्यार्थी भर्नाका क्रम अझै जारी रहेको हुनाले बजारमा हल्ला भए अनुसार विद्यार्थी कोटा रिक्त नभएको संस्थानका डिन प्राडा शशिधरराम जोशीले बताए ।उहाँका अनुसार प्रवेश परीक्षामा प्राप्ताङ्कका आधारमा विद्यार्थी भर्नालाई प्राथमिकतामा राखिएको छ । जस अनुसार भर्नाका लागि विद्यार्थीको तेस्रो सूची प्रकाशन गरिएको छ । उनले यो सूचीका विद्यार्थी भर्नामा आएपछि फेरि अर्को सूची निकालिने बताउनुभयो । उहाँका अनुसार विगतमा यस्ता विद्यार्थीको १२ वटासम्म सूची प्रकाशन गरिएको थियो । उनले भने, “विगतको तुलनामा भर्ना हुने विद्यार्थीको सङ्ख्यामा केही कमी आउला तर बजारमा हल्ला चले जस्तो विद्यार्थी अभाव भएको चाहिँ होइन ।”

सानेपास्थित सगरमाथा इन्जिनियरिङ क्याम्पसमा प्राचार्य रमेश श्रेष्ठले पनि भर्ना प्रक्रिया जारी रहेकाले अहिले नै विद्यार्थी अभाव भयो भनेर हल्ला गर्नु बेकार भएको बताए । इन्जिनियरिङ सङ्कायमा भर्नाका लागि संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा छ हजार उत्तीर्ण भएका थिए । प्रवेश परीक्षामा १४ हजारको हाराहारीमा सहभागी थिए ।

इन्जिनियरिङको पढाइ कुरेर बसेका विद्यार्थीको नियमित कक्षा भने आगामी माघ महिनादेखि मात्रै सञ्चालन गर्ने संस्थानले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP